२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्छ : पौडेल

मंगलवार , कार्तिक १८, २०८२

लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल मुलुकमा वर्तमान राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्ने बताएका छन् ।

नेकपा एमाले रूपन्देहीको विस्तारित बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले प्रतिनिधिसभाको पुनःस्थापनामार्फत नै संविधान लिकमा ल्याउन सकिने एमालेले सकारात्मक दृष्टिकोण अघि सारेको बताएका हुन् ।

सामाजिक सञ्जाल हरेक मानिसका लागि पन्छ्याउनै नसक्ने जीवनको यथार्थ अङ्ग बनिसकेको वास्तविकतालाई एमाले नेतृत्वको तत्कालीन सरकारले बुझ्न नसक्नु कमजोरी रहेको औँल्याउँदै उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने आन्दोलनमा घुसपैठ गरेर देसव्यापी आगजनी, आक्रमण भएको बताए ।

नेता पौडेलले नेकपा एमालेको ११औँं महाधिवेशन एकताको महाधिवेशन बनाउने र नयाँ उचाइको एकता बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट