२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जनार्दनलाई प्रचण्डले भने : ‘आफ्नो निर्णयमा पुनर्विचार गर्नुस् र पार्टीमा फर्कनुस्, सँगै अघि जानुपर्छ’

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताए ।

विभिन्न नौ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको नेता जनार्दन शर्मालाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन संयोजक दाहालले आग्रह गरे । “तपाईं (जनार्दन)ले आफ्नो निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्, सँगै अघि जानुपर्छ”, उनले भने ।

संजोजक दाहालले गणतन्त्रवादी, लोकतन्त्रवादी र देशभक्तहरू एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै देशभक्तिपूर्ण आन्दोलनमा समाहित हुन परिवर्तनकारी शक्तिलाई आह्वान गरे । वामपन्थी र देशभक्ति अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेताहरू पनि एकता प्रक्रियामा सहभागी हुने उनको विश्वास छ ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको राष्ट्रिय कार्यभार पूरा गर्ने उद्देश्यका साथ बृहत् वामपन्थी एकता गर्न लागिएको स्पष्ट पारे । नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनले सम्पूर्ण देशभक्त शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको दोहोर्याए ।

बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै सोही आवश्यकता पूरा गर्न विभिन्न नौ वटा वाम घटकबीच एकता घोषणा हुन लागेको जानकारी दिए ।

उनका अनुसार भोलि भृकुटीमण्डपमा पार्टी एकता घोषणासभा हुनेछ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने बताइएको छ । माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी)सहित विभिन्न नौ वटा कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ ।

एकतापछि बन्ने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र नेपाली क्रन्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

एकता प्रक्रियामा सहभागी सबै घटकको केन्द्रीय समितिको संयुक्त भेलाबाट पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित तथा केन्द्रीय समितिको गठन हुनेछ । उक्त पार्टीको चुनाव चिह्न पाँचकुने तारा राख्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट