२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

समाजवादीका नेताहरूलाई योगेशले भने–‘समाहित हुनु सर्तभन्दा माथि, स्वागत गर्न हामी तयार छौँ’

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेमा समाहित हुने तयारीमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् ।

भट्टराईले भने, “पार्टी अध्यक्ष, महासचिवलगायत हामी सबैले तपाईंहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौं। तपाईंहरूलाई स्वागत गर्न हामी पूर्ण रूपमा तयार छौं।”

उनका अनुसार, जनताको बहुदलीय जनवाद (जबज) प्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार हो। उनले थपे, “नीति र नेतृत्व अस्वीकार गरेर सहकार्य सम्भव हुँदैन। जबज हाम्रो सिद्धान्त र नीति हो यसलाई साझा प्रयत्नले अझ परिष्कृत र समृद्ध बनाउनु पर्ने हो।”

भट्टराईले एमालेमा प्रतिस्पर्धाबाट चयन हुने नेतृत्वलाई नै एकताको आधार बताउँदै भने, “पार्टीको ११औं महाधिवेशनको मिति घोषणा भइसकेको छ। महाधिवेशनपूर्व नीति र नेतृत्वको बहस गर्नु हाम्रो वैधानिक अभ्यास हो, जसले पार्टी जीवनलाई लोकतान्त्रिक बनाउँछ।”

उनले जोड दिए, “एमालेमा समाहित हुनु कुनै सर्त होइन, यो राष्ट्र र जनताको जितसँग सम्बन्धित प्रश्न हो। कसलाई जित हुन्छ, कसलाई हार त्यो गौण हो। हाम्रो सहकार्यले नेपाल, नेपाली जनता र नेकपा एमालेले जित्नु पर्छ, त्यसका लागि हामी हजार पटक हार्न पनि तयार छौं।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट