२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रामकुमारी झाँक्रीले भनिन्ः हाम्रो समाजवादी पार्टीसँगको यात्रा पार्टी विघटनसँगै टुंगियो

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा अब समाप्त भएको बताएकी छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले, पार्टी विघटनसँगै यात्रा टुंगिएको स्पष्ट पारिन्।

माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरे पनि झाँक्री, किसान श्रेष्ठ लगायतले निर्णयमा विमति जनाएका थिए।

पत्रकार सम्मेलनमा उनले भनिन्, “नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरूमा हामी भयंकर अभियान चल्ने विश्वासका साथ लागेका थियौं। त्यो अब समाप्त भएको छ। हाम्रो समाजवादी पार्टीसँगको यात्रा, पार्टी विघटनसँगै टुंगियो।”

झाँक्रीले अवरुद्ध बाटो र यात्रुको उदाहरण दिँदै थपिन्, “जब हाम्रो बाटो अवरुद्ध हुन्छ, त्यतिबेला कसरी अगाडि बढ्ने भनेर सोच्नुपर्छ। यात्रालाई पज गर्नुपर्छ र त्यसपछि उपयुक्त मार्ग तयार गरेर यात्रा अघि बढाउनुपर्छ।”

यसैगरी, एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःशर्त एमालेमा फर्किने तयारीमा रहेको जानकारी दिएका छन्। उनले भने, “हामीलाई केही चाहिएको छैन, मूल घरमा सम्मानजनक व्यवहार गरे पुग्छ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट