२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एकीकृत समाजवादीसँगको राजनीतिक यात्रा समाप्त भयो : रामकुमारी झाँक्री

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी बिघटन भएको उल्लेख गर्दै अव सो पार्टीसंगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी हुन् ।

प्रारम्भका दिनहरुमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले नयाँ अभियानमा जोडिएपनि त्यो अभियान एक हिसाबले समाप्त भएको र आफुहरुको अध्याय टुंगिएको उनले बताइन् ।

झाँक्रीले अहिले आफुहरु पार्टीबिहीन बनेको र पजको अवस्थामा रहेको जिकिर गरिन् । अहिलेको एकता प्रक्रियाले वृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित रहेको उनले बताइन् । उनले फरक–फरक बिचार राख्ने दलहरु एकैठाँउ आउदा दल कमजोर हुन्छ भन्ने कुरा नेकपा एकतामा नै भोगेको उल्लेख गरिन् ।

त्यस्तै एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरु निःसर्तरुपमा मूलघर फर्किन लागेको बताए । जीवन अर्पण गरेको पार्टी एमाले भएकाले एमालेमा प्रवेश नभइ घर फर्कने अभियानमा जुटेको उनले बताए ।

उनले एमालेबाट विद्रोह गरेको कुरालाई भुलेर घरमा नै स–सम्मान फर्कने वातावरण बनाइदिन एमाले नेतृत्वलाई आग्रह समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार