२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

संसद पुर्नस्थापना गरी संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्छ : विष्णु पौडेल

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद पुर्नस्थापना गरी संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुर्नस्थापना गर्नुपर्ने बताएका हुन् ।

जेनजी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुर्नस्थापना हुनुपर्ने उनको भनाइ छ ।

उनले भाद्र २३ गते जेनजी युवा पुस्ताको हत्याको घटनाको छानविन गरी कारवाही हुनुपर्ने र भदौ २४ गते भएको आगजनी र विध्वंसको पनि छानविन गरी कारवाही हुनुपर्ने धारणा राखे ।

पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन गर्ने दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार