काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले अहिले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका हुन् ।
अहिलेको कम्युनिष्ट एकता देशको हितमा रहेकाले आफु सहभागी भएको भन्दै उनले अव हिजो भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने धारणा राखे । उनले कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोपको श्रृखला अव अन्त्य हुनुपर्नेमा जोड दिए ।
उनले जायज माग लिएर आन्दोलनमा उत्रिएका जेनजीहरुको आन्दोलन हाइज्याक भएर हिसांत्मक घटनामा मोडिएको जिकिर गरे । देशी विदेशी प्रतिक्रियाबादीले देशलाई ध्वस्त पार्न ठूलो षडयन्त्र गरेको उनले बताए । खनालले देशलाई पुननिर्माण गर्ने ताकत कम्युनिष्टसँग मात्र रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस