२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेपाली कम्युनिष्ट पार्टीको तेस्रो वरियतामा नेता झलनाथ खनाल

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल नेपाली कम्युनिष्ट पार्टी (एकीकृत पार्टी) को तेस्रो वरीयता मा रहने भएका छन्।

बुधबार बिहान माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खनालबीच यस विषयमा समझदारी भएको हो।

नेपाली कम्युनिष्ट पार्टीको पहिलो वरीयतामा प्रचण्ड रहने सहमति भइसकेको छ भने दोस्रो वरीयतामा माधवकुमार नेपाल रहने निर्णय भएको थियो। प्रारम्भिक समझदारी अनुसार तेस्रो वरीयतामा वामदेव गौतम रहने तय भएको थियो, तर अब वामदेव खनालपछि वरीयतामा रहने छन्।

सचिवालयले औपचारिक घोषणा केही बेरमा हुने जानकारी दिएको छ।

यद्यपि, एकीकृत समाजवादीको अन्तिम केन्द्रीय कमिटी बैठकमा खनालले माओवादी केन्द्रसहितका दलहरूको एकतामा केही विमति राखेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट