काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले बिगतका कमीकमजोरीलाई सच्चाउदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नवघोषित पार्टीका सहसंयोजक नेपालले जनतामा विश्वास दिलाउनका लागि बिगतका कमीकमजोरीलाई सच्चाउदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको स्वरुप नभएको भन्दै परिवर्तनको सम्बाहक बनेर जनताको मनमा बस्नेगरि अघि बढ्नुपर्ने बताए । उनले परिवर्तनका शक्तिहरुसँग सहकार्य वा मोर्चा बनाएर संविधान र गणतन्त्रको रक्षा गर्नका लागि हातेमालो गर्न पहल गरिने उल्लेख गरे ।
बन्देज, आग्रह र पूर्वग्रह नराखी सबैलाई समेट्नेगरी गोलबद्ध गरेर अघि बढ्न चाहेको भन्दै उनले देशविरोधी, संविधानविरोधीसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे । जेनजी युवाहरुको मुद्दालाई पनि आफुहरुले प्राथमिकतामा राखेर अघि बढाउने उनको भनाइ छ ।
सहसंयोजक नेपालले नवयुवा जेनजीका मुद्दालाई समेतसँगै लिएर जाने बताए । नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको मूल कम्युनिष्ट पार्टी बनाइने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस