काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। १० वाम दल र समूह मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
साविक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूबीच एकता घोषणापछि आयोगमा दल दर्ताको निवेदन दिएको हो ।
नवगठित दलले पाँचकुने तारालाई आफ्नो चुनाव चिन्हका रूपमा प्रस्ताव गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले नेपाली कम्युनिस्ट पार्टीको दर्ता निवेदन प्राप्त गरेको जानकारी दिए ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने प्रावधान छ ।
दल एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित निवेदन दर्ता गरिएको नेता शिव खकुरेलले बताए । उनका अनुसार हाल दलको विधानलाई पूर्णता दिने प्रक्रिया जारी छ । “पदाधिकारी टुंगिएपछि विधान लगायतका दस्तावेज आयोगमा पेश गरिनेछ,” उनले बताए ।
प्रतिक्रिया दिनुहोस