२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रामकुमारी झाँक्री र किसान श्रेष्ठले भेटे ओली, ५० भन्दा बढी नेता एमाले फर्किने तयारी

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेकपा (एस) बाट विद्रोह गरेका नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू पुनः नेकपा (एमाले) मा फर्किने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँगको भेटपछि उनीहरू पार्टीमा फर्किने निर्णय भएको स्रोतले जनाएको छ।

एमाले नेता महेश बस्नेतका अनुसार झाँक्रीसहित करिब ५० जना केन्द्रीय सदस्यहरू एमालेमा पुनः प्रवेश गर्न लागेका छन्। आगामी मंसिर २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरी औपचारिक रूपमा पार्टीमा पुनः प्रवेश गराइने तयारी गरिएको छ।

बस्नेतका अनुसार नेताहरू बुधबार राति गुण्डु पुगेर अध्यक्ष ओलीसँग भेटघाट गरी पार्टीमा फर्कने विषयमा अन्तिम छलफल गरेका थिए। उनीहरू बिहान करिब २ बजे काठमाडौं फर्किएका थिए।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले हालै माओवादी केन्द्रसहित १० वाम दलसँग एकता गरेपछि असन्तुष्ट नेताहरू पार्टीप्रति असन्तोष व्यक्त गर्दै आएका थिए। यसबीचमा महासचिव घनश्याम भुसालले भने अलग्गै पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेका छन्।

एमाले फर्किन लागेका नेताहरूले नेपाल–प्रचण्ड गठबन्धनलाई “वाम एकता होइन, पदसम्झौताको परिणाम” भन्दै आलोचना गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट