२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

घनश्याम, रामकुमारी लगायतका नेतालाई पार्टी सदस्य पनि नरहने गरी कारबाही

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाल, रामकुमारी झाँक्री लगायत ६ जना नेतालाई कारबाही गरेको छ ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी विरोधी कार्य गरेको भन्दै उनीहरुलाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहने गरी उनीहरूलाई कारबाही गरेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा हुनुअघि नै यी ६ नेतालाई कारबाही गरिएको हो ।

जसअनुसार घनश्याम भूसाल, रामकुमारी झांक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट