२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

विप्लव, जनार्दन र घनश्यामबीच राजनीतिक सहकार्य गर्ने सहमति, संयुक्त विज्ञप्ति आजै आउँदै

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव), माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबीच राजनीतिक सहकार्य गर्ने सहमति भएको छ।

शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लवको निवासमा भएको भेटवार्तामा तीन नेताबीच देशको वर्तमान राजनीतिक अन्योल, वाम शक्तिहरूबीचको सहकार्य र भविष्यका कदमबारे विस्तृत छलफल भएको हो।

भेटपछि नेता भूसालले सहकार्य औपचारिक रूपमा अघि बढाउने तयारी भइरहेको बताए। “हामी सहकार्यमा छौं। मुलुकको आवश्यकताअनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउँदै लैजानेछौं,” उनले भने। उनका अनुसार तीन नेताबीचको सहकार्यलाई एकीकरणका रूपमा नलिएर वाम आन्दोलन सुदृढीकरणको प्रयासका रूपमा हेर्नुपर्ने छ।

भूसालले विगतमा पनि उनीहरूबीच सहकार्य रहेको उल्लेख गर्दै अहिले त्यसलाई पुनः सक्रिय बनाउने बताए। “विगतमा पनि हाम्रो सहकार्य थियो, पातलो भएको थियो, अब त्यसलाई नवीकरण गर्दैछौं,” उनले स्पष्ट पारे।

बैठकमा छलफल भएका विषय समेटेर तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी गरिने तयारी छ।

हालै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता प्रक्रिया अघि बढेपछि जनार्दन शर्मा र घनश्याम भूसाल दुबै नेताले आफ्ना फरक अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। शर्मा ‘प्रगतिशील अभियान नेपाल’ का नाममा युवालाई संगठित गर्दैछन् भने भूसालले एकीकृत समाजवादीबाट एकतामा नगएकाहरूसँग नयाँ अभियान अघि बढाउने तयारी गरेका छन्।

विप्लव नेतृत्वको नेकपा माओवादीले पनि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा अन्तरिम सरकार निर्माणलगायतका मागसहित शक्ति प्रदर्शन गरेको थियो। उक्त सभामा विप्लवले ‘सच्चा कम्युनिस्ट पार्टीहरूबीच एकता अनिवार्य छ’ भन्दै वाम सहकार्यका लागि आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट