२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

संघीय संसदका सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्न सरकारसँग राष्ट्रियसभा अध्यक्षको आग्रह

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्बिचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने अतिआवश्यक सुविधाहरु घटाउने निर्णयलाई पुनर्बिचार गर्न आग्रह गरेका हुन् ।

सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत ध्यान दिदै अतिआवश्यक सुविधामा पुनर्बिचार गर्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले सरकारको कामकारवाहीमा सहजीकरण गर्न राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले छिटो बैठक बोलाउन र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिए । उनले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले मन्त्रीलाई बोलाउदा उपस्थीत हुने वातावरण बनाउन समेत निर्देश गरे ।

उनले राष्ट्रियसभाको दुई बर्षे कार्यकालसम्बन्धी पुस्तक प्रकाशनका लागि उपसमितिलाई जिम्मेवारी दिइएको र समयमा नै प्रकाशन हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट