काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहामा आजदेखि सुरु भएको छ । बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठक आज र भोलि चल्नेछ ।
उनले उक्त प्रतिवेदनमा पार्टीमा चर्चित व्यक्ति भित्र्याउने वातावरण बनाउनुपर्ने भए पनि पुनर्गठनका नाममा मूल नेतृत्व नै आयात गर्ने कुरा स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘पार्टी रिफर्म गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्तिलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा हुँदै पनि रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यही अनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन ।’
उनले लोकतान्त्रिक पार्टी भएकाले राष्ट्र, राष्ट्रियता र जनताको हितमा पार्टीको विस्तार र सुदृढीकरणमा आउने हर प्रस्ताव स्वीकार र कार्यान्वयन गर्न पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।
पूर्णपाठ :
- विस्तारित बैठक कार्यवाहक सभापति डीपी अर्यालको राजनीतिक प्रतिवेदन
प्रतिक्रिया दिनुहोस