२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयासमा छौँ : विप्लव

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका छन् ।

शुक्रबार दल दर्ताका लागि सनाखत गराउन निर्वाचन आयोग पुगेका विप्लवले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले एकताको बहस नेपालमा जारी नै रहेको भन्दै कम्युनिष्टहरुलाई नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका हुन् ।

उनले आफुहरुको पार्टी नयाँ भएको भन्दै जनताको सल्लाहमा नै निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्न लागिएको जानकारी दिए । नेकपाले अहिलेसम्म देशलाई क्षति हुने कुनै काम नगरेको र गर्न नदिएको उल्लेख गर्दै विप्लवले आगाम दिनमा जनताको सुझाव अनुसार नै देशको हितमा काम गर्ने धारणा राखे । नयाँ पुस्ताले चाहेको रुपान्तरणका लागि संघर्षरत रहने उनको भनाइ छ ।

विप्लवले अहिले देशमा निर्वाचनको वातावरण बन्न नसकेपनि एक दिन निर्वाचन हुनै पर्ने जिकिर गरे ।

केहिदिन अघि कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि आयोगमा निवदेन दर्ता गरेको थियो । दल दर्ताका लागि निवेदन परेपछि आयोगले शुक्रबार नेकपाका नेताहरुलाई सनाखतका लागि बोलाएको हो ।

विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टीं(नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट