२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

विगतका गलत निर्णयहरूको जिम्मा पुराना नेताहरूले लिनुपर्छ : डा. शर्मा

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । काठमाडाैंमा “जेनजी विद्रोह र अबको निकास” शीर्षकको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू र नयाँ पुस्ताका प्रतिनिधिहरूबीच देशको वर्तमान राजनीतिक अवस्था र सम्भावित निकासबारे खुला संवाद भएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका डा. सुनिल कुमार शर्मा, जेनजीका युवा नेता रक्षा बम, नेकपा (एमाले) का अब्दुस मिया र नेपाली कम्युनिस्ट पार्टीका राजन दाहाल सहभागी थिए।

कार्यक्रममा बोल्दै डा. सुनिल कुमार शर्माले पछिल्ला राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनबारे आफ्ना विचार राख्दै भने, “म पनि सरकारको अंश थिएँ, तर जेनजीहरु विरोधमा आउनु भन्दा पहिलेदेखि नै मैले संसदभित्र यो सरकारको विरोध गर्दै आएको थिएँ।” उनले विद्रोहभन्दा संवाद र समन्वयमार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै भने, “मण्डेला जेलबाट निस्किएपछि विद्रोहको बाटो रोजेका थिएनन्, उनले संवाद र सहमतिको बाटो अपनाए। हामीले पनि त्यही बाटो लिनुपर्छ।”

उनले संसद विघटन नगरी जेनजीका प्रतिनिधि र संसदभित्रका सक्षम सांसदहरू मिलेर समाधान खोज्नुपर्ने सुझाव दिए। “अहिले पनि ढिलो भएको छैन, जेनजीलगायत सबै दलका प्रतिनिधि मिलेर संसद पुनर्स्थापना गर्नुपर्छ, नत्र जेन जी हरुको जायज माग पूरा हुने छैन,” उनले स्पष्ट रूपमा भने।

डा. शर्माले विगतका गलत निर्णयहरूको जिम्मा पुराना पुस्ताले लिनुपर्ने कुरा पनि स्वीकारे। “पैलाकाले देश लुटेका हुन्, त्यसको जिम्मा हामीले लिनैपर्छ। नेपाली कांग्रेसका नेताहरूले गरेका गल्तीहरूको जिम्मा म पनि लिन्छु,” उनले भने।

राजनीतिक अनिश्चितताका बीच उनले थपे, “सबै मिलेर अघि बढ्नुपर्छ। तपाईंहरूलाई लाग्छ र अहिलेको अवस्था हेर्दा फागुन २१ मा चुनाव सम्भव छ? यदि यही परिस्थितिमा चुनाव भयो भने म राजनीतिबाटै अलग हुन्छु।”

कार्यक्रमका अन्य वक्ताहरूले पनि नयाँ पुस्ताको आवाजलाई राजनीतिक निर्णय प्रक्रियामा प्रभावकारी रूपमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले विद्रोहलाई अन्तिम उपायका रूपमा होइन, संवाद र सुधारका अवसरका रूपमा बुझ्नुपर्ने निष्कर्ष निकाले।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट