२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मधेस प्रदेशमा जितेन्द्र सोनल आज विश्वासको मत लिँदै

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता हुन् र पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा पछि गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेशसभामा हाल १०४ सांसद सक्रिय छन् र विश्वासको मत पास गर्न ५३ सांसदको समर्थन आवश्यक छ। सोनल नेतृत्वको सत्तारुढ गठबन्धनमा ५ दलका ५६ सांसद छन्, जसमा जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरू छन्।

प्रदेशसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले विपक्षमा छन्। गठबन्धनको स्पष्ट बहुमत भएकाले सोनलको विश्वासको मत प्राप्त हुने प्रबल संभावना छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट