काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आलमको निधनमा आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले कार्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
कांग्रेस रौतहटका पूर्वसभापति आलमको गएराति ६३ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस