२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मधेश प्रदेशका सांसद् अन्सारीले आफैँलाई दले कालो मोसो

शनिवार , कार्तिक २२, २०८२

जनकपुरधाम । मधेश प्रदेशका सांसद् रहबर अन्सारीले संसदमा आफैंले आफैँलाई कालो मोसो दलेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद् अन्सारीले बोल्ने क्रममा सभामुख रामचन्द्र मण्डलले माइक काटेपछि उनले मोसो दलेका हुन् । उनले सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै आलोचना गरेका छन् ।

मधेश प्रदेशमा आज मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला अन्तिममा उनले समय मागेर बोलेका थिए । लोसपा नेता सोनल गत असोज २९ गते ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीले विश्वास मत लिने प्रयोजनका लागि आज प्रदेश सभा बैठक बोलाइएको हो । १०७ सदस्य मधेश प्रदेश सभामा हाल सत्ता गठबन्धन लोसपाका ८, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट