२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट दिए राजीनामा

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् ।

शनिबार मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि मुख्यमन्त्री सोनलले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा माओवादीका रहबर अन्सारी र माला कर्णले सोनललाई विश्वासको मत दिन नसक्ने बताउनुभएको थियो । त्यसपछि सभामुख रामचन्द्र मण्डलले निर्णायार्थ प्रस्तुत गर्न खोज्दा मुख्यमन्त्री सोनलसँगै मन्त्रीहरु बैठककक्ष बाट बाहिरिएका थिए ।

सरकारको प्रतिनिधि नभएको भन्दै सांसदहरुले नियमापति गरेपछि बैठक केहि समयका लागि स्थगीत गरिएको थियो ।

शनिबार नै बसेको मधेश प्रदेशसभाको दोश्रो बैठकमा उपस्थीत हुनुभएका मुख्यमन्त्री सोनलले सभामुखले हतारमा विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेको भन्दै आपत्ति जनाए । आफु दलहरुसंग आन्तरिक छलफलमा रहेका बेला एकतर्फी ढंगले सभामुख अघि बढेको भन्दै सोनलले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

आफुलाई समर्थन गरेकै दलका केहि प्रदेशसभा सदस्यले विश्वासको मत नदिने भएपछि उहाले राजीनामाको घोषणा गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी सहित पाँच राजनीतिक दलका ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा सोनल असोज २६ गते मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट