काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले घनश्याम भूसाललाई पार्टी संयोजक तोकेको छ। यसअघि उनी पार्टीका महासचिवका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।
अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि, महासचिव भूसालले भने सो एकताप्रति असहमति जनाएका थिए।
शनिबार ६७ केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमार्फत पार्टी पुनर्गठन गरिएको एक नेताले जानकारी दिए। बैठकले भूसाललाई संयोजक तोक्दै मंसिरको पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ।
भूसालले यसअघि नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग सहकार्य गर्ने सहमति जनाएका थिए।
प्रतिक्रिया दिनुहोस