२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुकुम्बासी बस्ती पुगेर दुर्गा प्रसाईंले भने, 'बस्ती खाली गर्न आए प्रतिकार गर्नू'

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरले बस्ती खाली गर्न आए प्रतिकार गर्न सुझाव दिएका छन् ।

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई उठाउने नाममा पटक पटक दु:ख दिनुभन्दा स्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

आफुहरु सुकुम्बासीको साथमा रहेको भन्दै उनले सुकुम्वासीहरु एक भए कसैले हटाउन नसक्ने बताए । उनले सुकुम्बासी बस्ती उठाउनु भन्दा बालमन्दीर र पशुपतिमा रहेका अनाधिकृत संरचना हटाउन सुझाव दिए ।

आफूले गरिवको ऋण मिनाहा गर्न सुझाव दिँदै राज्य नै आफुबिरुद्ध लागेको उनले बताए । प्रसाईंले सुकुम्बासीलाई दलहरुले भोट रूपमा मात्र प्रयोग गरेको भन्दै सजक हुन आग्रह गरे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट