२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रास्वपाको समानुपातिक उम्मेदवारी आह्वान, जेनजीलाई २७ र प्रवासबाट फर्किएकालाई १० प्रतिशत सिट

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ। सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर पार्टीले आजदेखि आवेदन खुला गरेको हो।

रास्वपाले उम्मेदवार बन्न इच्छुकहरूका लागि केही मापदण्ड तोकेको छ। उम्मेदवारले सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्र वैध रहेको, वैवाहिक अवस्था स्पष्ट रहेको, र सार्वजनिक रूपमा (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार, धम्की, जात–लिंग आधारित अपमान वा कमजोर समूहमाथि शोषण नगरेको स्वघोषणा अनिवार्य गर्नुपर्नेछ।

छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष होस् भन्ने उद्देश्यले रास्वपाले अडिट समिति गठन गर्ने निर्णय गरेको छ। पार्टीका अनुसार, समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्दा संविधानले तोकेको जातीय क्लस्टरका साथै प्रदेशगत जनसांख्यिक अनुपात र २०७९ को आम निर्वाचनमा प्राप्त समानुपातिक मतको प्रादेशिक अनुपातलाई पनि समेटिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले समानुपातिक बन्दसूचीमा जेनजी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै २५ देखि ४० वर्ष उमेर समूहका युवाका लागि २७ प्रतिशत सिट आरक्षित गरिएको जानकारी दिए। यस्तै, विदेशमा रहेर फर्किएका नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए।

यस पटक पार्टीले २०७९ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकाहरूलाई पुनः त्यही प्रणालीतर्फ उम्मेदवार बन्न नपाउने व्यवस्था समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट