२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

घनश्याम भूसाल पक्षका नेताहरूले दिए निर्वाचन आयोगमा दल दर्ताको निवेदन

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । नेता घनश्याम भूसाल पक्षका नेताहरूले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीमा नगएका उनले यसअघि नेकपा एकीकृत समाजवादीकै नाम, झण्डा र चुनाव चिह्नसहित पार्टी पुनर्गठन गर्ने भनेका थिए ।

संयोजक राजकुमार कक्षपति रहनेगरी भूसाल पक्षका नेताहरूले आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका हुन् । सहसंयोजकमा नन्दलाल बन्जाडे राखिएको छ ।

पार्टीको नाम भने नेकपा (वामपन्थी केन्द्र) राखिएको छ । त्यस्तै, चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट