२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जनकपुरबाट उपचारका लागि निस्केकी भण्डारीले बर्दिबासको होटलमा गराइन् मुख्यमन्त्रीको शपथ

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । रातारात नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बर्दिबासस्थित एक होटेलमै शपथ ग्रहण गरेका छन्।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई आइतबारकै मिति राखी सोमबार बिहान सबेरै बर्दिबासको पानस होटेलमा शपथ गराएकी हुन्।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

तर, यादवको नियुक्ति र शपथअघि नै प्रदेश प्रमुख भण्डारी स्वास्थ्य कारण जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्।

त्यसक्रममा मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए र पत्रकारहरूसँग कुरा गर्दै भण्डारी स्वस्थ भएपछि मात्र राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए।

तर, केही घण्टामै प्रदेश प्रमुख भण्डारीको कार्यालयले यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक गर्‍यो र त्यसपछि होटेलमै शपथ ग्रहण गरिएको भिडियो समेत सार्वजनिक भयो।

प्रदेश प्रमुख भण्डारीले आफूले उपचारका लागि बिदाइ गरेकी व्यक्ति हुँदासमेत शपथ खुवाएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा लोसपा नेता जितेन्द्र सोनलले तीव्र प्रतिक्रिया दिएका छन्।

उनले भने, “मधेश प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको छ,” भनी भण्डारीमाथि आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट