२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

डा.सीके राउत भन्छन्–मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं, ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ’

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने आवाज उठाएका छन्। प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादवको नियुक्ति भएपछि राउतले यो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

राउतले फेसबुकमा लेख्दै भनेका छन्, “मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ।” उनले अब‘स्वायत्तताको आन्दोलन’को उद्घोष आवश्यक भएको र नेपाली औपनिवेशिक शासन अन्त्य गर्ने सही मौका अहिले भएको धारणा व्यक्त गरेका छन्।

राउतले भनेका छन् कि मधेश प्रदेशसभाबाटै स्वायत्तता घोषणा गरी आफ्नै प्रदेश प्रहरी र प्रशासनसहित सरकार गठन गर्नुपर्नेछ। उनले यसका लागि चाहे सडकमा सभा गरेर नै भए पनि दुईतिहाइ समर्थनको आधारमा स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उपचारका लागि काठमाडौं जान्छु भनी निस्किएपछि महोत्तरीको एक होटेलमा यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएको घटनापछि विरोध र आलोचना बढ्दै गएको सन्दर्भमा राउतले ती अधिकारीहरू—प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग तथा सम्बन्धित निकायहरूलाई निशाना बनाएर ती संस्थाहरूद्वारा मधेशमाथि गरिएको रोकथाम र दमनविरुद्ध पूर्ण स्वायत्तताको आन्दोलन अनिवार्य भएको उल्लेख गरेका छन्।

उनले थप लेखेका छन् कि वर्तमान संघीय सरकारले कुन संविधानअनुसार बन्यो भन्ने चिन्तासँगै मधेशी जनताको चाहनाअनुसार अघि बढ्नुपर्ने बताएका छन् र ५४ प्रतिशत जनसंख्या भएको मधेशलाई “मुठ्ठीभर नेपाली शासकको जागिर” बन्न दिइन नहुने पनि जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट