२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवार सूची बुझाउन दुई दिन समय दिने तयारी

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं। समानुपातिक प्रणालीका उम्मेदवारहरूको बन्द सूची पेश गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दुई दिन समय दिने तयारी गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आयोगले तयार पारेको प्रारम्भिक निर्वाचन तालिका अनुसार पुस १८ र १९ गते दलहरूले आफ्नो सूची बुझाउन सक्नेछन्। आवश्यक परे तालिकामा संशोधन गर्ने अधिकार आयोगसँग रहनेछ।

यसैबीच, आगामी निर्वाचनको तयारी स्वरूप राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त औपचारिक विज्ञप्ति जारी गर्दै समानुपातिक सांसदका लागि आवेदन आह्वान गरिसकेको छ। रास्वपाले आन्तरिक मापदण्ड तय गरी पात्र उम्मेदवार चयनको प्रक्रिया अघि बढाएको जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट