२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड भएको छ ।

स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गर्ने क्रममा सोमबार बिहानै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता सरोज कुमार यादवलाई होटलमा मुख्यमन्त्री नियुक्त गरि सपथ खुवाएपछि नारावाजीसहित तोडफोड गरिएको हो ।

प्रदेश प्रमुख भण्डारीको राजीनामा माग्दै कांग्रेस, जसपा, लोसपाका सांसद र कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् ।

यसैबीच मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेको बिषयमा मधेश प्रदेशका सात राजनीतिक दलहरु अदालत जाने भएका छन् । सोमबार बसेको जनमत पार्टी, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, कांग्रेस, लोसपा नेपालको संयुक्त बैठकले अदालतमा रिट दायर गर्ने निर्णय गरेको हो ।

संयुक्त बैठकले मुख्यमन्त्री नियुक्तिका बिषयमा कानुनी उपचार खोज्ने निर्णय गरेको नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।

उनले अदालतमा रिट दायर गर्न ७४ सांसदले हस्ताक्षर गरेको बताए । प्रदेश प्रमुखले छापामार शैलीमा गरेको कार्य गैरकानुनी र लज्जास्पद रहेको उनले बताए । उनले प्रदेशलाई नै समाप्त गर्ने काम भएकाले त्यसको बिरोधमा उत्रनु स्वभाविक भएको प्रतिक्रिया दिए । त्यस्तै प्रदेश सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग लगाउने बिषयमा छलफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट