काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेपछि ‘मातृभूमि जागरण अभियान, नेपाल’ राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुने भएका छन् ।
नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको हो ।
रावल पक्षले आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँग संवाद गरेको थियो । त्यसपछि यस्तो सहमति जुटेको हो ।
त्यसका लागि आगामी कात्तिक २६ गते ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस