काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि अलग राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावललाई नेपाली कम्युनिष्ट पार्टीमा छैटौँ वरियता दिइने भएको छ ।
सहमति अनुसार रावललाई पार्टीभित्र छैटौँ वरियता दिने निर्णय भएको छ, जसले एकताको मुख्य सन्देश दिन्छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछिको वरीयतामा भीम रावललाई राखिने अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् ।
रावलले आफूनिकट नेताहरूसँग छलफल गरी एकता प्रक्रियामा जाने तयारी भएको जनाएका छन्।
उनको एकता कार्यक्रमका लागि प्रचण्ड–माधव नेतृत्वले राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गर्ने तयारी गरेको छ।
कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०, सहसंयोजक माधव नेपाल र रावलले सम्बोधन गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस