२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मुख्यमन्त्री कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टरबीच भेटवार्ता

सोमवार , कार्तिक २४, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टर आर्नो विकि बीच सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।

भेटका क्रममा द्विपक्षीय सहयोगका विभिन्न विषयमा कुराकानी भएको जनाईएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनमा स्विस सरकारले गरेको सहयोगको प्रशंसा गरे ।

उनले स्विस सरकारले गरेका काम अहिले अघि बढिरहेको र त्यसको नतिजा प्रदेशमा छिट्टै नै देखिने बताए । नेपालको शान्ति समृद्धि र विकासका लागि स्विस सरकारले सहयोग हाम्रा लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तन लगायतका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । रोजगारी उत्पादन लगायतका क्षेत्रमा प्रदेश सरकारले काम गरिरहेको चर्चा समेत गरे ।

असिस्टेनट डाइरेक्टर आर्नो विकीले कोशी प्रदेश सम्भावनायुक्त प्रदेश भएको चर्चा गर्दै यो प्रदेशमा विकास र पर्यटनको तथा सम्भावना भएको बताए । कोशी प्रदेश सुन्दर शान्त र यहाँका मानिसहरू मिलनसार भएकाले पनि यहाँ काम गर्न सजिलो भएको बताउँदै उनले यो भ्रमणले नेपाल र सुजरल्यान्ड को मित्रता किन भन्ने कुरालाई पनि पुष्टि गरेको दाबी गरे ।

उनले नेपाल र स्विजरल्यान्ड उस्तै उस्तै रहेको चर्चा गर्दै नेपाली हरुमा दुःख पीडा सहेर पनि अगाडि बढ्ने जुन क्षमता छ त्यसबाट म प्रभावित भएको बताए ।

लोकतन्त्रको यात्रा महत्त्वपूर्ण भएको बताउँदै उनले यो बेलामा सबैले आफ्नो आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउनुपर्ने बताए । भेटवार्तामा स्विस सरकारका कोपरेसन मथेएस माएर लगायत थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट