२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

राष्ट्रिय विध्वंशपछि एमालेले प्रदेशस्तरीय वितण्डा सुरु गर्यो : पूर्ण बस्नेत

मंगलवार , कार्तिक २५, २०८२

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा राष्ट्रिय विध्वंशपछि एमालेले प्रदेशस्तरीय वितण्डा सुरु गरेको बताएका छन् । मधेस प्रदेशका मुख्यमन्त्रीलाई होटलमा शपथ गराउने प्रदेश प्रमुखको कार्यको निन्दा गर्दै बस्नेतले उक्त आरोप लगाएका हुन् ।

बस्नेतले भने, ‘तत्कालीन नेकपा एमाले नेतृत्व सरकारको अकर्मण्यताले मुलुकमा विध्वंश भयो । जनधनको अपुरणीय क्षती हुँदा सरकारको नेतृत्वकर्ता दल र त्यसको नेतृत्वले नैतिक जिम्मेवारीसमेत लिएको देखिएन । उल्टै आन्दोलनलाई अपराधीकरण गर्न उद्दत छन् । हुँदाहुँदा प्रदेशमा समेत एमालेले आफ्नो चरित्र उदाङ्गो पारी छाड्यो ।’

मधेसका मुख्यमन्त्रीको छलकपटपूर्ण तरिकाले शपथ गराउने कार्यमा नेकपा एमालेको नेतृत्व जिम्मेवार भएको उनको ठहर छ । यति गम्भीर विषयको निर्णय एमालेको नेतृत्वको सहमतिविना हुन सम्भव नभएको उनी बताउँछन् ।

एमालेको उक्त रबैया अलोकतान्त्रिक, सङ्घीयता र गणतन्त्रमाथिको गभ्भीर प्रहार भएको भन्दै, बस्नेतले भने, ‘एमाले बरु सक्किने तर नसच्चिने भइसकेछ ।’

संवैधानिक पदमा बसेका प्रदेश प्रमुखको उक्त कार्य अमर्यादित र गैरजिम्मेवारपूर्ण भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट