काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषदले स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह) मा कार्यरत डा. टंकप्रसाद बाराकोटीले दिएको राजीनामा स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनले दिएको राजीनमा स्वीकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने 30th Partnership Summit, 2025 मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरलेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस