२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभर एमालेको प्रदर्शन

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा(एमाले) ले मुलुकभरका स्थानीय पालिकामा प्रदर्शन गरेको छ ।

मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत बिभिन्न पालिकाहरुमा मोटरसाइकल र्यालीका साथै नारा जुलुस सहित र्यालीको समेत आयोजना गरिएको छ । प्रतिनिधिसभा बिघटनविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

यसैक्रममा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंको बसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्याली निकालेको थियो । एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा बिघटन बिरुद्ध देशैभर प्रदर्शन गरेको जानकारी दिए । आफुहरुको प्रदर्शनलाई जागरण अभियानको रुपमा अघि बढाइएको उनले बताए ।

एमालले कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट