२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पुराना नेताहरुप्रति रविन्द्रसँग रविले भने : ‘म आनन्दमा छु, पीडामा त यिनीहरू छन्’

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन् । उनले लामिछानेलाई नख्खु कारागार पुगेर भेटेका हुन् ।

उक्त भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मिश्रले आजको भेटमा रविको उर्जा, आत्मविश्वास र दृढता देखेर आफू असाध्यै खुशी भएको बताएका छन् । उनले रविको केसलाई तत्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित भएको उनले बताए । वर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा आफू पूर्ण रूपले विश्वस्त रहेको पनि मिश्रले बताएका छन् ।

साथै, भेटमा रविले आफू आनन्दमै रहेको समेत बताए । मिश्रसँगको भेटमा रविले भने, ‘म यिनीहरूसँग लड्ने नै हो । म त यहाँ आनन्दमा छु । पीडामा त यिनीहरू छन् ।’

यस्तो छ रविन्द्र मिश्रको स्टाटसः

आज रवि लामिछानेलाई भेटेपछि!

औपचारिक कार्यक्रममा सम्मानजनक भाषा प्रयोग गरे पनि, अनौपचारिक अवस्थामा मैले नेपालमा 'तिमी' भनेर सम्वोधन गर्ने थोरै मान्छेमा रवी पनि पर्छन्।

सामान्यतया म २०/२२ वर्षका युवालाई पनि 'जी' ले सम्वोधन गर्छु र 'तपाईँ' भन्छु। मलाई पनि त्यसै गर्न अनुरोध गर्छु। कतिपयले मान्नु हुन्न, त्यो भिन्दै कुरा हो।

रवि र म वाल्यकालमा लगभग एउटै टोलमा हुर्कियौँ। रवीको दाइ हरिशरण पनि मेरो तिमी-तिमीको साथी।

डेढ घण्टाभन्दा लामो छाति खोलेर गरिएको गफको अन्त्यमा रविले भने, "हाम्रो यो वाल्यकालदेखिको दाइ-भाइको गफ हो। खुब मजा आयो।" अङ्कमाल गरेर गफ शुरू गरेका थियौँ, अङ्कमाल गरैरै टुङ्ग्यायौँ।

राजनीतिकरूपमा कहिलेकाहिँ घोचपेच भए पनि मेरो रवीप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी आएन।

धेरै अघि नै मैले भनिसकेको थिएँ, रवीको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णत: प्रतिशोधबाट प्रेरित थियो। बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।

आजको भेटमा रवीको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ। उनले भने, "म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि!"

हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ, रवि, तिमीलाई! 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट