काठमाडौँ । कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि अद्यावधिक विवरण बुझाएको छ । पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो ।
पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ । त्यस्तै, अरु सबैलाई सदस्य राखिएको छ ।
दलको निर्वाचन चिन्ह ‘बलेको चिम’ माग गरिएको छ । त्यस्तै, अद्यावधिक विवरणमा केन्द्रीय समितिमा ५१ सदस्यीय समिति प्रस्ताव गरिएको छ ।
दल दर्ताका लागि तीन महिनाअघि नै निर्वाचन आयोगमा पेश भएको ‘उज्यालो नेपाल पार्टी’ लाई ऊर्जामन्त्री घिसिङले स्वामित्व लिएर नाम अद्यावधिक गरिएको हो । कुलमान भने तत्कालै पार्टीमा आबद्ध नहुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस