२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रेशम चौधरीको नयाँ पार्टीलाई निर्वाचन आयोगद्वारा आधिकारिकता प्रदान

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाललाई आधिकारिकता प्रदान गरेको छ ।

बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल संरक्षक चौधरीलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर चौधरीले केहि दिन अघि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । निवेदनमाथिको प्रक्रिया अघि बढाउदै आयोगले बुधबार नागरिक उन्मुक्ति पार्टी नेपाललाई आधिकारिकता प्रदान गरेको हो ।

आफ्नो दल औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएपछि नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले सिमान्तकृत, आदिवासी जनजाती लगाएत पछाडी परेका समूदायलाई अघि बढाउन नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरिएको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीमा रहँदा पछाडी परेका समूदाय अघि बढाउने मूल एजेण्डा प्राथमिकतामा पर्न नसकेका कारण नयाँ दल दर्ता गर्नु परेको उनले बताए । चौधरीले हरेक नागरिकलाई राज्यसँग जोड्नका लागि आगामी निर्वाचनमा पछि परेका समूदायलाई अवसर दिने जिकिर गरे ।

उनले आगामी निर्वाचनमा जनताले आफुहरुलाई विश्वास गर्ने र राम्रो नतिजा ल्याउने दावी गरे । नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्षमा कबीर सोप रहेका छन् । राजनीतिक दल दर्ता नम्वर २०६ रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको सिनामंगलमा रहने प्रमाणपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट