२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मातृभूमि जागरण अभियानका संयोजक डा रावललाई नेकपामा स्वागत

बुधवार , कार्तिक २६, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मातृभूमि जागरण अभियान, नेपालबीच सङ्गठनात्मक एकता घोषणा भएको छ ।

राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानका संयोजक भीम रावललाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा प्रमोदनारायण यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी पनि नेकपामै समाहित भएको छ ।

सो क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह, एमाले केन्द्रीय जलस्रोत विभागका सदस्य डा मोदराज बगाले, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य भीमबहादुर थापा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को किसान सङ्घका महासचिव भगवानबहादुर कार्कीलगायत थुप्रै नेता नेकपामा समाहित भएका थिए ।

पार्टी एकता घोषणा सभामा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट