२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जेनजी आन्दोलन : राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन पूर्वगृहमन्त्री लेखकको अस्वीकार

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गरेका छन्। उनले त्यसबेला सुरक्षा संयन्त्रलाई कुनै अप्रिय घटना नहोस् भनेर पटक–पटक सचेत गराएको दाबी गरेका छन्।

बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद तोकेर राहदानी रोक्का गरेको विषयमा समेत कुनै औपचारिक जानकारी नदिएको स्पष्ट पारे ।

। ‘मलाई आजसम्म सरकार वा कुनै निकायले लिखित वा मौखिक रूपमा जानकारी दिएको छैन,’ उनले भने, ‘कुन कानुन र औचित्यका आधारमा यस्तो निर्णय गरियो भन्ने थाहा छैन।’

उनले दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद निर्धारण गरी राहदानी रोक्का गरिएको समाचारबाट मात्र थाहा पाएको बताए।

लेखकका अनुसार आन्दोलन अघि र त्यसको बिहान दुवै बेला उनले गृहसचिव र प्रहरी महानिरीक्षकहरूलाई “क्याजुलिटी नहोस्, कुनै पनि हालतमा अप्रिय घटना हुनुहुँदैन” भनेर निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट