२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जेनजीको आन्दोलन निर्वाचनका लागि होइन, माग पुरा नभएसम्म चूनाव हुन दिदैनौँ : सुदन गुरुङ

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सदन गुरुङले आफुहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिएका छन् ।

मतदाता नामावली संकलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेनजी युवाहरु निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको भन्दै आफुहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिएका हुन् ।

उनले आफुहरुलाई बिभिन्न दलसंग जोडेर टिकाटिप्पणी भइरहेको भन्दै आपत्ति जनाए । आफु कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफु नलड्ने उनले स्पष्ट पारे । उनले जनेजी आन्दोलनको माग पुरा गर्नुभन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत रहनु राम्रो नभएको बताए । गुरुङले अहिलेको अवस्थामा गृहमन्त्रीलाई परिवर्तन गर्नुपर्ने अवस्था देखिएको बताए ।

गृहमन्त्रीले गरेको प्रतिवद्धता अनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाइ न्याय दिने कुरामा कुनै विश्वास नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट