२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मधेशका दुई सांसदविरुद्ध कारबाही प्रक्रिया सुरु

बिहिवार , कार्तिक २७, २०८२

जनकपुरधाम । मधेस प्रदेशका दुई सांसदलाई पार्टी ह्विप उल्लङ्घन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) (अहिलेको नेपाली कम्युनिष्ट पार्टी ) ले कारबाही प्रक्रिया अघि बढाएको छ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने क्रममा पार्टी निर्णयविपरीत उभिएका प्रदेश सभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णमाथि कारबाहीको तयारी गरिएको माओवादी केन्द्र संसदीय दल, मधेस प्रदेशका नेता भरत साहले जानकारी दिएका छन्।

विश्वासको मतको दिन दुवै सांसदले ह्विप विपरीत पार्टीको समर्थन नगरेपछि पाँच दलीय गठबन्धनको सहयोगमा बनेको लोसपा नेता जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको थियो।

साहका अनुसार पार्टी निर्णयविपरीत आचरण गर्ने र प्रदेश सभामा अव्यवस्था मच्चाउने कार्य गैरसंवैधानिक भएकाले उनीहरूलाई संगठनात्मक रूपमा साधारण सदस्यतासमेत नरहने गरी कारबाहीको निर्णय गरिएको हो।

साहले थपे, “केन्द्रीय समितिको आधिकारिक पत्र आएलगत्तै प्रदेश सभामा उनीहरूको सांसद पद खारेजका लागि सिफारिस गरिनेछ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट