२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जसपा नेपालले गठन गर्यो संघीय संसदीय बोर्ड

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय बोर्ड गठन गरेको छ । पार्टी विधानको धारा ९५ को उपधारा (१०) मा भएको व्यवस्थाबमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी आवश्यक कार्य गर्न विधानको धारा ९६ अनुसारको काम, कर्तव्य र अधिकार रहने गरी संघीय संसदीय बोर्ड गठन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार बोर्डमा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष रकम चेम्जोङ, महासचिव लालबाबु राउत र रामकुमार शर्मा केन्द्रीय सदस्यहरु कुन्ता राई, खेमनारायण यादव, शैलेशकुमार चौधरी, प्रमिला यादव, कैलाश गुरुङ, रामबहादुर जाग्री, मनबहादुर गुरुङर सन्तोष सिलवाल रहेका छन् ।

पार्टी प्रदेश समितिका अध्यक्षहरु बोर्डको पदेन सदस्य हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट