२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मधेशमा राप्रपाबाट मन्त्री बनेकी बिच्छालाई सांसद पद र साधारण सदस्यबाट समेत निकाल्न सिफारिस

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छाको सांसद पद र पार्टीको साधारण सदस्यता समेत नरहनेगरी कारबाही गर्न सिफारिस गरिएको छ ।

पार्टीलाई नसोधिकन मन्त्री बनेकी विच्छालाई कारबाहीका लागि राप्रपाको अनुशासन समितिले सिफारिस गरेको हो ।

विवादास्पद ढंगले मुख्य मन्त्री बनेका एमालेका सरोज यादवले कञ्चनलाई विनाविभागीय मन्त्रीको शपथ खुवाएका थिए । राप्रपाको अनुशासन समितिले उनलाई २४ घन्टे स्पष्टीकरण समेत सोधेको थियो ।

पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी अनुशासनहीन कार्य गरेको भन्दै समितिले उनलाई कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट