२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

केहि दलले आफुलाई मधेशवादी रहेको झुटा नाटक गरे : मधेश मुख्यमन्त्री यादव

शनिवार , कार्तिक २९, २०८२

मधेश प्रदेश । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केहि दलले आफुलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका छन् ।

शनिबार प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले जसपा, लोसपा लगाएत केहि दलले आफुलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका हुन् । आफुलाई मधेशवादी भन्दैमा कोहि मधेशवादी नहुने भन्दै उनले व्यवस्थामा पुष्टि गर्न सक्नुपर्ने बताए । मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेका अवस्थामा त्यसलाई लिएर प्रदर्शन गर्नुको कुनै अर्थ नरहेको बताए ।

उनले अदालतलाई विश्वास गर्दै आन्दोलन अन्त्य गर्न र सम्वादमा आउन आन्दोलनरत दललाई आग्रह समेत गरे । उनले आफ्नो प्रतिष्पर्धा कुनै दलसंग नरहेको र मधेशको गरिब, शान्ति सुरक्षा र समृद्धि नै आफ्नो प्राथमिकतामा रहेको बताए ।

उनले मधेश प्रदेशमा बिपक्षीले जारी राखेको आन्दोलनमा भारतको हस्तक्षेप भएको आरोप समेत लगाए । मुख्यमन्त्री यादवले मधेश प्रदेशमा शान्तिसुरक्षा भंग गर्ने प्रयास भइरहेको समेत टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट