२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

संसद पुन:स्थापना गरी जेनजी युवाहरुको माग पुरा गर्नुपर्छ : गुरु बराल

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद पुन:स्थापना गरी जेनजी युवाहरुको माग पुरा गर्नुपर्ने बताएका छन् ।

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमाले मोरङले आयोजना गरेको प्रदर्शनसहितको सभामा उपाध्यक्ष बरालले भ्रष्टाचार नियन्त्रण र सुशासन जेनजी युवाहरुको माग रहेकाले संसद पुनस्र्थापना गरी माग पुरा गर्नुपर्ने बताएका हुन् ।

उनले जनेजी पुस्ताको आन्दोलनमा घुसपैठ भएकाले नै ठूलो जनधनको क्षति भएको बताए । यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न उनले माग गरे । जेनजी पुस्ताको माग कानूनी राज्यको स्थापना हो भने सर्वोच्च अदालतमा किन आगो लाग्यो भन्दै उनले प्रश्न समेत गरे ।

मोरङको मिक्लाजुङ र रतुवामाईबाट निस्किएको मोटरसाइकल र्यालीले जिल्लाका विभिन्न भागको परिक्रमा पछि विराटनगर पुगेर महेन्द्र चोकमा सभामा परिणत भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट