२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

अध्यक्ष उपेन्द्र यादवले गरे लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन, गण्डकी प्रदेश अधिवेशन सम्पन्न

शनिवार , कार्तिक २९, २०८२

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश अधिवेशन सुरु भएको छ । शनिबार पार्टी अध्यक्ष उपेन्द्र यादवले भैरहवास्थित दरबार बेंक्वेटमा आयोजित अधिवेशनको खुला सत्र उद्घाटन गरेका हुन् । अधिवेशनले आइतबार प्रदेश समिति निर्वाचित गर्ने पार्टीले जनाएको छ ।

त्यसैगरी जसपा नेपालको गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ । शनिबार कास्कीमा सम्पन्न अधिवेशनबाट रामकाजी चर्मकारको अध्यक्षतामा ३७ सदस्यीय प्रदेश समिति निर्वाचित भएको छ । प्रदेश समितिको एकताको अधिवेशनमा पार्टी सह–अध्यक्ष रकम चेम्जोङ प्रमुख वक्ता रहेको थिए ।

यससँगै जसपा नेपालले पाँच प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ । बागमती र सुदुरपश्चिम प्रदेश समितिले अधिवेशनको तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट