२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

दल दर्ता प्रमाणपत्र लिने अवधि आज सकिदैं, प्रमाणपत्र पाउने दलको संख्या १२६

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलले निर्वाचन आयोगबाट प्रमाणपत्र लिनुपर्ने आज अन्तिम दिन हो। आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयसम्म सकिँदैछ।

निर्वाचन आयोगले निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको थियो। यस अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन्। केहीले प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने बाँकी दलहरूले आज अन्तिम दिनमा प्रमाणपत्र लिनुपर्नेछ।

निर्वाचन आयोगका अनुसार हालसम्म आधिकारिक प्रमाणपत्र पाउने दलको संख्या १२६ पुगेको छ। आजको दिनमा बाँकी दलहरूको प्रमाणपत्र प्रक्रिया पूरा भएर जम्मा दलको संख्या टुंगो लाग्नेछ।

यस्तै, मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट