काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी निर्वाचन आयोगमा नागरिक बचाउ दल दर्ता भएको छ ।
पार्टीको नेतृत्वमा भने माधव खतिवडा रहेका छन् । उनका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन् ।
यो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस