२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नागरिक समाजसँग प्रधानमन्त्रीको आग्रह : दलहरूलाई प्रक्रियामा फर्काउन सहयोग गर्नुहोस्

सोमवार , मंसिर १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी छिन् ।

सोमबार सिंहदरबारमा नागरिक समाजका अगुवाहरुसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारले ट्र्याक–टु संवाद मार्फत विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी हुन् । नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउन सहयोगका निम्ति उनले अपिल गरिन् ।

त्यस्तै उनले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभइ संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको जिकिर गरिन् । उनले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध समेत गरिन् ।

उनले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने जानकारी गराएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । छलफलका क्रममा नागरिक समाजका अगुवाहरुले निर्वाचनका साथै सुशासनलाई समेत केन्द्रमा राखेर अघि बढ्न सुझाव दिएको खरेलले बताए ।

उनले बुधबार निर्वाचन आयोगमा दर्ता भएका नयाँ तथा पुराना दलसंग निर्वाचन केन्द्रित छलफल गर्ने तयारी भएको बताए । छलफलमा सहभागी नागरिक अगुवा खगेन्द्र संग्रौलाले प्रधानमन्त्रीले कुनै पनि अवस्थामा तोकिएको समयमा नै निर्वाचन गराउनेमा प्रतिवद्ध देखिएको बताए ।

प्रधानमन्त्रीसंगको छलफलपछि आफुहरुलाई निर्वाचन गर्न सरकार तत्पर रहेको आभाष भएको उनले बताए । छलफलमा इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल, जेवी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट